दफा १५
नियुक्ति गर्ने अधिकारमा ओहोदाका हैसियतले नियुक्ति गर्ने अधिकार समेत सामेल हुने बारे
कुनै नेपाल ऐनले कसैलाई कुनै पद वा काममा नियुक्ति गर्ने अधिकार दिएकोमा कुनै प्रतिकूल कुरा स्पष्ट रूपले उल्लेख गरिएको रहेनछ भने यो ऐन जारी भए पछि यस किसिमको नियुक्ति मानिसका नामबाट वा ओहदाका हैसियतबाट हुन सक्तछ ।